हिरो एक्सपल्स २०० को लोकप्रियता पश्चात होन्डाले पनि त्यस्तै बाइक बजारमा ल्याउने तयारी गरिरहेको छ । रिपोर्ट अनुसार होन्डाले सो बाइक २०२२ मा बजारमा ल्याउने अनुमान गरिएको छ ।
होन्डाले इन्ट्री लेवल प्रिमियम सेगमेन्टमा मोटरसाइकल बजारमा ल्याउने तयारीका साथ कार्य गरिरहेको छ । हालै रिलिज गरिएको स्केच अनुसार मिडियाहरुले सो अनुमान गरेका छन् ।
डिजाइनका आधारमा सो बाइकमा २१ इन्चको ह्विल हुने र पछिल्लो भागमा १८ इन्चको ह्विल हुने देखिएको छ । मोटरसाइकल सिंगल डाउनट्युब फ्रेममा रहेको छ । यसको फ्रन्ट ह्विलमा लङ ट्राभल फोर्क्स र पछिल्लो भागमा मोनोसक एब्जर्बर छ ।
यसको डिजाइन होन्डा सीआरएफ सिरिजबाट प्रभावित छ । यसको ओभरल बडी फेयरिङ र हेडलाइट युनिट होन्डा सीआरएफ २५० एल बाट प्रभावित छ ।
सो बाइकमा बीएस ६ मापदण्डयुक्त सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन हुनेछ । यसमा फ्युल इन्जेक्सन टेक्नोलोजी हुनेछ । यसको पावर र टर्क हिरो एक्सपल्स २०० जति नै हुने अनुमान गरिएको छ ।
PREVIOUS NEWS