Home / Blogs / २०२२ क्रसएक्स २५० आर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Bikes
  • 0

२०२२ क्रसएक्स २५० आर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा २०२२ मोडलको क्रसएक्स २५० आर सार्वजनिक भएको छ । नेपालका लागि क्रसएक्सको आधिकारिक वितरक बाइकर्स नेपालले ईएफआई युरो ५ प्रविधियुक्त नयाँ क्रसएक्स २५० आर नेपालमा सार्वजनिक भएको जनाएको हो । क्रसएक्स २५० आर पहिले भन्दा धेरै अपग्रेड भएर आएको छ भने यसमा भएको डबल साइलेन्सर सबैभन्दा आकर्षक रहेको कम्पनीले जनाएको छ । बिशेषगरी युवाहरुको रोजाईमा डबल साइलेन्सर बाइक मन पर्ने भएकाले त्यसै अनुसार यसको डिजाइन गरिएको छ । डर्ट र मोटार्ड गरी दुवै सेगमेन्टमा यो बाइक उपलब्ध रहेको छ । 


नयाँ  क्रसएक्स २५० आर मा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ३२ एचपीको पावर दिन्छ र २९.८ एनएम टर्क प्रदान गर्दछ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक दिइएको छ । यसको ब्रेकिङ सिष्टम जापनिज कम्पनी निसिनले बनाएको कम्पनीले जनाएको छ । सो बाइकलाई अधिकतम १३० किलोमटिर प्रतिघन्टको गतिमा हाँक्न सकिने कम्पनीले दाबी गरेको छ । 


क्रसएक्स २५० आर को लम्बाई १९८० एमएम, चौडाई ८२० एमएम, उचाई ९४० एमएम, ग्राउण्ड क्लियरेन्स ३६१ एमएम र १३८० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा ६.५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन ११७ केजी रहेको छ । सो बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । सो मोटरसाइकलमा बेटर कोल्ड स्टार्ट, बेटर थ्रोटल रेस्पोन्स, बेटर फ्युल एफिसियन्सी र लेस मेन्टिनेन्स जस्ता विशेषता पाउन सकिन्छ । त्यसैगरी यसमा पोलीस्पोर्ट ह्यालोजन हेडलाइट रहेको छ ।


क्रसएक्स २५० आर रेड र ब्ल्याक गरी दुई कलर अप्सनमा उपलब्ध रहेको छ । क्रसएक्स २५० को नेपाली बजार मूल्य ८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । यो भन्दा पहिले यो मोटरसाइकलको मूल्य ७ लाख ६५ हजार रुपैयाँ थियो भने हालै मात्र सरकारले नयाँ बजेटमार्फत कर बढाएकाले यो मोटरसाइकलको मुल्य बढाएको कम्पनीले जनाएको छ ।


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।










Our latest comments