पियाजियो कम्पनीले अप्रिलिया टुनो १२५ लाई सार्वजनिक गर्ने तय गरेको छ । एक महिनाअघि भारतमा भएको अटो एक्स्पो २०२० मा भने कम्पनीले टुनो १२५ लाई शोकेस गरेको थिएन । इन्ट्री लेवलमा प्रिमियम मोटरसाइकलको रुपमा बजारमा आउने टुनो १२५ आगामी अप्रिलमा सार्वजनिक गरिने अनुमान गरिएको छ ।
अप्रिलिया टुनो १२५ टुनो भी ४ बाट प्रभावित रहेको छ । यसको डिजाइन भी ४ बाट लिइएको हो । यसको फ्रन्टमा ४० एमएमको अपसाइड डाउन फर्क र रियरमा मोनोशक सस्पेन्सन सेटअप दिइएको बुझिएको छ । यसको ब्रेकिङ पनि निकै दमदार रहेको छ । अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडि २२० एमएमको डिस्क ब्रेक पाउन सकिने छ ।
टुनो १२५ मा १२४.२ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड एसओएचसी फोर भी इन्जिन रहेको छ । यो इन्जिनले १५ पीएस पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलले केटीएम आरसी १२५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ । केटीएम १२५ ले १४.५ पीएस तथा १२ एनएम टर्क जेनेरेट गर्छ । टुनो १२५ मा १४ लिटरको फ्यूल ट्याङक रहेको छ भने यसमा बस्चको एबीएस सिस्टम रहने छ ।
नेपाली बजारमा पियाजीयोको थ्रि ह्वीलर्स, अप्रिलिया र भेष्पा स्कुटरको बिक्री वितरण हुँदै आएको छ । यसलाई बिवेक अटोमोवाइल्सले नेपालमा बिक्री वितरण गर्दै आएको हो । नयाँ मोटरसाइकल भारतमा आएसँगै नेपाली बजारमा पनि आउने अनुमान गरिएको छ ।
PREVIOUS NEWS