नेपालका लागि बेनेली मोटरसाइकलको आधिकारिक बितरक केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले नेपाली बजारमा नयाँ भर्सन एड्भेन्चर बाइक बेनेली टीआरके २५१ सार्वजनिक गरेको छ । कम्पनीले चीनबाट आयात गरी नेपाली बजारमा भित्र्याएको सो मोटरसाइकल यूरो ६ मापदण्डको हो । टीआरके २५१ एउटा यस्तो एड्भेन्चर मोटरसाइकल हो जुन अफरोड लाई मात्र नभएर सबै किसिमका प्रायोगका लागि सहज र सरल हुने कम्पनिले जनाएको छ ।
टीआरके २५१ मा २४९ सीसी सिंगल सिलिन्डर, ४ भल्भ, लिक्वीड कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले ९२५० आरपीएममा २५.४७ बीएच पावर तथा ८००० आरपीएममा २१.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । सो बाइकको लम्बाई २०७० एमएम, चौडाई ८४० एमएम, उचाई १३०० एमएम, ग्राउण्ड क्लियरेन्स १७० एमएम र १३९० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १८ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ३५ किलोमिटर माइलेज दिनेछ । बाइकको कुल तौल १६४ किलोग्राम रहेको छ ।
बेनेली टीआरके २५१ मा वेट मल्टिप्लेट क्लच दिइएको छ भने सो बाइकमा स्टिल ट्युव ट्रेलिस च्यासिस पनि रहेको छ । सो बाइकमा पूर्णत डिजिटल डिस्प्ले र ट्विन प्रोजेक्टर एलईडी हेडलाइट पनि रहेको छ । सो बाइकमा डुअल एबीएस सहितको फोर क्लिपर डिस्क ब्रेक उपलब्ध रहेको छ भने इन्भर्टेड फ्रन्ट फोर्क्स सस्पेन्सन पनि दिइएको छ । यसैगरी यसको पछाडि सेन्ट्रल सक एब्जर्बर सहितको स्विंगआर्म सस्पेन्सन रहेको छ । त्यस्तै अनरोड तथा अफरोड दुबैका लागि एडजष्ट गर्न सकिने सस्पेन्सन सेटअप रहेको छ ।
बेनेली टीआरके २५१ सेतो, कालो र रातो गरी तीन कलर अपसनमा उपलब्ध छ । टीआरके २५१ को नेपाली बजार मूल्य ८ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । नेपाली बजारमा उपलब्ध टीआरके २५१ को मूल्य ३६ हजार रुपैयाँले वृद्धि भएर आएको हो । नेपाली बजारमा यसको सिधा प्रतिश्पर्धा केटीएम एड्भेन्चर २५० सँग हुनेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।