Home / Blogs / नेपालमा अब अब बिजुली ट्याक्सी पनि चलाउन पाइने
  • Auto News and Updates
  • 0

नेपालमा अब अब बिजुली ट्याक्सी पनि चलाउन पाइने

Nepal Auto Trader

Share this News

image

यातायात व्यवस्था विभागले बिजुली ट्याक्सीको लागि बाटो खोलिदिएको छ। विभागले बिजुली ट्याक्सीलाई समेत दर्ता गरिदिन यातायात व्यवस्था कार्यालयलाई पत्राचार समेत गरिसकेको छ। विभागले बिजुली ट्याक्सीको लागि भने छुट्टै मापदण्ड बनाएको छ। बिजुली ट्याक्सी दर्ता गर्दा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको सेडान कार हुनुपर्ने छ।

त्यस्तै, यसमा सेन्ट्रल लकिङ, एसी हिटर, प्रिन्टरसहितको डिजिटल मिटर र एलइडी स्क्रिनसहितको जिपिएस नेभिगेटर सिस्टम हुनुपर्ने मापदण्डमा उल्लेख छ। अहिले ट्याक्सी २० वर्ष चलाएपछि त्यसलाई हटाएर त्यही नम्बरमा अर्को नयाँ ट्याक्सी ल्याउने गरिन्छ। तर अब ट्याक्सी रिप्लेस गर्दा यो मापदण्ड अनुसार बिजुली ट्याक्सी ल्याउन पाइने छ।

सरकारको यो कदम निकै राम्रो सुरूआत भएको वातावरण विद् भूषण तुलाधरले बताए।

‘यो प्रशंसनीय काम हो। यो सँगै विद्युतीय स्कुटर, बस लगायतको पनि मापदण्ड छैन। यसलाई परीक्षण गर्ने प्रोटोकल हुनुपर्छ,’तुलाधरले सेतोपाटीसगँ भने, ‘प्राइभेट गाडी दिनमा १/२ पटक चल्ने हो तर ट्याक्सी दिन रातै चल्छ। अब नयाँ दर्ता हुने सबै ट्याक्सी अनिवार्य विद्युतीय हुनुपर्ने नियम हुनुपर्छ।’

हाल नयाँ ट्याक्सी दर्ता नखोलिने विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए।

‘गाडी रिप्लेस गर्दा मापदण्ड अनुसार बिजुली ट्याक्सी ल्याउन पाइन्छ, पछि सरकारले दर्ता खोल्ने निणर्य गर्यो भने पनि यही मापदण्डलाई आधार मानेर ल्याउन पाउने भयो,’ उनले भने।

विभागले गत चैतमै ट्याक्सीको नयाँ मापदण्डको मस्यौदा मन्त्रालय पठाएको थियो। मन्त्रालयले मापदण्ड निर्धारण विभागकै क्षेत्राधिकारभित्र पर्ने भन्दै मस्यौदा करिब १ महिना अगाडि विभागमै फिर्ता पठायो।

हाल उपत्यकामा करिब ९ हजार ट्याक्सी सञ्चालनमा छन्। योसँगै विभागले पेट्रोल ट्याक्सीको मापदण्ड पनि अपग्रेड गरेको छ। नयाँ मापदण्डअनुसार पेट्रोल ट्याक्सी ल्याउँदा कम्तीमा १ हजार २ सय सिसीभन्दा माथिको ४ स्ट्रोक सेडान कार हुनुपर्नेछ। कारमा ३ वा सोभन्दा धेरै सिलिन्डर हुनुपर्ने मापदण्डमा उल्लेख छ।

SOURCE:

Our latest comments