होन्डाले सर्वाधिक बिक्री हुने स्कुटर एक्टिभाको नयाँ जेनेरेशन मोडल सार्वजनिक गरेको छ । यो एक्टिभाको छैटौं जेनेरेशन मोडल हो । यसको शुरुवाती मूल्य ६३ हजार ९१२ भारु रहेको छ । नयाँ स्कुटर दुई भेरिएन्टमा उपलब्ध रहेको छ । नयाँ मोडल पुरानो मोडल एक्टिभा ५जी भन्दा ८ हजार भारु महँगो रहेको छ ।
नयाँ होन्डा एक्टिभामा बीएस६ कम्प्लायन्ट १०९ सीसीको इन्जिन समावेश गरिएको छ । यसमा काब्र्युरेटरको ठाउँमा फ्युल इन्जेक्शन सिस्टम समावेश गरिएको छ । भारतीय नयाँ प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनले ८००० आरपीएममा ७.६८ बीएचपीको पावर र ५२५० आरपीएममा ८.७९ एनएम पिक टर्क जेनेरेट गर्छ । ५ औं जेनेरेशनको तुलनामा नयाँ जेनेरेशनले १० प्रतिशत बढी माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
कम्पनीले नयाँ जेनेरेशनमा अगाडिको एप्रोन, हेडलाईट र पछाडिको भागमा परिमार्जन गरेको छ । यसमा नयाँ एलइडी हेडलाईट दिइएको छ । यसको साइड प्यानमा पनि परिमार्जन देख्न सकिन्छ । यसलाई कम्पनीले विभिन्न ६ कलर अप्सनमा बजारमा ल्याएको छ । यसमा सेमी डिजिटल इन्ट्रुमेन्ट कन्सोलको प्रयोग गरिएको छ । रिमोट ओपनिङ, मल्टी फङ्सन की, सायलेन्ट स्टार्ट मोटर जस्ता विशेषता यसमा पाउन सकिन्छ ।
एक्टिभा ६जी केही हदसम्म एक्टिभा ५जी जस्तो देखिन्छ । र यो स्कुटर ६ रङमा उपलब्ध रहेको छ । नयाँ एक्टिभामा सेमी डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, रिमोट ह्याच ओपनिङको साथमा मल्टि फक्शन गरी अन्य फिचर पनि समावेश गरिएको छ । सो स्कुटरमा नयाँ साइलेन्ट स्टार्ट एसीजी मोटर जडान गरिएको छ । पुरानो मोडलको भन्दा नयाँ मोडलको सिट लामो र ह्विलवेस अलि ठूलो रहेको छ । कम्पनीले सो स्कुटरको बुकिङ शुरु गरिसकेको छ । सो स्कुटरको डेलिभरी जनवरीको अन्त वा फरवरीको शुरुवातबाट हुनेछ ।