रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो काइगर नेपाली बजारमा सार्वजनिक गरेको छ । रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा निर्मित सब फोर मिटर एसयूभी हो । रेनोले काइगर एसयूभी विभिन्न ७ भेरियन्टमा नेपाल ल्याएको जनाएको छ । कम्पनीले १.० लिटर नेचुरल एस्पायर्ड इन्जिनमा काइगर नेपाली बजारमा उतारेको हो । कम्पनीका अनुसार रेनो काइगर आधुनिक एसयूभी हो जुन बजारका लागि पर्फेक्ट फिट छ ।
काइगरले आरएक्सइ, आरएक्सएल, आरएक्सटी र आरएक्सजेड गरी ४ भेरियन्ट नेपाल ल्याएको हो । रेनो काइगर दुई पेट्रोल इन्जिन र तीन ट्रान्समिसन अपसनमा उपलब्ध छ । १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्दछ भने १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९८ बीएचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्दछ । विभिन्न ६ फरक कलर भेरियन्टमा उपलब्ध काइगरमा ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्स उपलब्ध रहेको छ । यसमा १६ इन्चको अलोय ह्विल दिइएको छ ।
रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता बिशेषता पाउन सकिन्छ । यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो दुबै सपोर्ट गर्दछ । त्यस्तै यसमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।
रेनो काइगर नेपालमा विक्री सुरु हुने सबैभन्दा कम मूल्यको एसयूभी भएको छ । यसको सुरुवाती भेरियन्टको मूल्य २८ लाख ४९ हजार निर्धारण गरिएको छ भने सबैभन्दा माथिल्लो भेरियन्टको मूल्य ३७ लाख ६९ हजार तोकिएको छ । रेनो नेपालले काइगरको बुकिंग पनि घोषणा गरेको छ । रेनो काइगरको लागि बुकिंगहरु देशभरका १५ वटा सेल्स आउटलेटको एक्सटेन्सिभ डिलरसिप नेटवर्कहरुबाट सुरु भएको छ । रेनो काइगर ६ रंग र ४ भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ ।
यस्तो रहेको छ भेरियन्ट अनुसारको मूल्य ।
| इन्जिन र ट्रान्समिसन भर्जनकानामहरु | इनर्जी एमटी | इनर्जी इजीआर एएमटी |
| आरएक्सई | २८,४९,००० | - |
| आरएक्सएल | २९,९९,००० | ३१,६९,००० |
| आरएक्सटी | ३२,९९,००० | ३४,६९,००० |
| आरएक्सजेड | ३५,९९,००० | ३७,६९,००० |
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।