नेपालका लागि टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेक्सन इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले डिजिटल प्ल्याटफर्ममा एक कार्यक्रमगरी नेक्सन इभी सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नेक्सन–इभीमा निकै टिकाउ ब्याट्री छ जुन जिपट्रोन प्रविधिमा आधारित छ । सिप्रदी ट्रेडिङले नेक्सन इभी चार्जगर्न देशका विभिन्न भागमा फास्ट चार्जरपनि जडान गरेको जनाएको छ । इच्छुक ग्राहकहरुले १६६००१५५७७७ नम्बरमा कल गरी वा https://www.tatamotors.com.np/tata-nexon-ev/ मा आफ्नो नाम दर्ता गराई (लग ईन गरी) नेक्सन इभी बुकिङ्ग गर्न सकिने कम्पनिले जनाएको छ ।
टाटा नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री रहेको छ जसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर हाराहारी यात्रा गर्न सकिने नेक्सन इभीमा २०५ एमएमको उच्चतम ग्राउन्ड क्लियरेन्स रहेको छ । सो इभी सहरी क्षेत्रमा चलाउदा २१६ किलोमिटर रेञ्ज प्रदान गर्ने देखिएको छ । नेक्सन–इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाइ छ भने जसको लागि डिसीचार्जर प्रयोग गर्नु पर्ने छ । कम्पनिका अनुसार नेक्सनको ब्याट्रीको आयु लामो हुनुको साथै यसलाई आफ्नै घरमा चार्ज गर्न सकिने छ ।
टाटा नेक्सन इभीमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डल जस्ता बिशेषता पाउन सकिन्छ । यसैगरी यसमा लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सकितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।
टाटा नेक्सन इभी विभिन्न तीन भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछः नेक्सन–इभी एक्सएम, एक्सभी प्लस र एक्सजेड प्लस एलयुएक्स । कम्पनीले नेक्सनको इभी एक्सएमको सुरुवाती मूल्य ३५ लाख ९९ हजार रुपैयाँ, एक्सजेड प्लसको मूल्य ३७ लाख ९९ हजार र एक्सजेड प्लस एलयुएक्सको मूल्य ३९ लाख ९९ हजार रुपैयाँ तोकेको छ । टाटा नेक्सन इभीको ब्याट्रीमा ८ वर्ष वा एक लाख साठ्ठी हजार किलोमिटर (जुन पहिला आउँछ) र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर (जुन पहिला आउँछ) को वारेन्टी दिइनएको छ । सो इभी लामो दुरीको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।
PREVIOUS NEWS