Home / Blogs / टाटाले सार्वजनिक गर्‍यो इलेक्ट्रिक गाडी ‘टाटा टिगोर इभी’
  • Latest Cars
  • 0

टाटाले सार्वजनिक गर्‍यो इलेक्ट्रिक गाडी ‘टाटा टिगोर इभी’

Nepal Auto Trader

Share this News

image

टाटा मोटर्सले आफ्नो पहिलो इलेक्ट्रिक गाडी ‘टाटा टिगोर इभी’ सार्वजनिक गरेको छ।

टाटा टिगोर इभी ‘एक्सएम’ र ‘एक्सटी’ गरी दुई भेरिएन्टमा उपलब्ध हुनेछ। नेपालको लागि टाटा मोटर्सका आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा टिगोर इभी’को डेमो ‘नाडा अटो शो २०१८’मा प्रदर्शनको लागि राखेको थियो।

१६.२ किलोवार्टको व्याट्री जडित यस टाटा टिगोर इभीले ४१ हर्सपावर र १०५ एनएम टर्क उत्सर्जन गर्छ। यसलाई साधारण चार्जरले ६ घण्टामा ८० प्रतिशत र फास्ट चार्जरले ९० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने टाटा मोटर्सले जनाएको छ। यो सिङ्गल चार्जमा १ सय ४२ किलोमिटर चल्न सक्ने कम्पनीको दावी छ।

सिप्रदीले आगामी अटो शोमा ‘टाटा टिगोर इभी’ सार्वजनिक गर्ने तयारी थालेको छ तर सार्वजनिक गर्ने नगर्ने निश्चित भने भैसकेको छैन।

सुरक्षाको लागि यसमा डुअल फ्रन्ट एयर व्याग, एविएस, रेयर पार्किङ सेन्सर, ओभर स्पिडिङ अलार्म लगायतका फिचर्स समावेस छन्। 
कम्पनीले यसको ब्याट्रीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ। यो सेतो, सिल्भर र निलो रङ्गहरुमा उपलब्ध छ।

भारतमा टाटा मोटर्सले यसको मूल्य ‘एक्सएम’को ९ लाख ९९ हजार र ‘एक्सटी’ को मूल्य १० लाख ९ हजार निर्धारण गरेको छ भने यसको मुल्य नेपाली बजारमा अझै तोकिएको छैन । 

Our latest comments