Home / Blogs / टाटा टिगोर इभी नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता
  • Upcoming Cars
  • 0

टाटा टिगोर इभी नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

Nepal Auto Trader

Share this News

image

नेपालका लागि टाटा गाडीको आधिकारिक बितरक सिप्रद्धी ट्रेडिङले टाटा टिगोरको इलेक्ट्रीक भर्सन अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ । टाटा टिगोर एक सफल सेडानको नामबाट नेपाली बजारमा चर्चित छ । हालै टाटा नेक्सन इभी नेपालमा सार्वजनिक भएको थियो । नेक्सन इभी जिपट्रेन प्रबिधीमा आधारित भई निर्माण गरिएको थियो भने टिगोर पनि जिपट्रोन प्रविधिमा आधारित रहेको छ । टिगोर इभीले ग्लोबल एनक्याप क्रायस टेष्टमा फोर स्टार रेटिङ पाउन सफल भएको छ । 


टाटा टिगोर इभीमा २६ किलोवाटको लिक्विड–कुल्ड लिथियम आयोन व्याट्री प्याक र ५५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ जुन मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ । यसमा दिइएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ भने १५ एएमपी प्लगबाट चार्ज गर्दा ८ घण्टा ४५ मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ ।


टिगोर इभीमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ जसलाई आवश्यकता अनुसार ड्राइभ र स्पोर्ट गरी दुई मोडमा पनि चलाउन सकिने छ ।  सो कारको लम्बाई ३९९३ एमएम, चौडाई १६७७ एमएम, उचाई १५३२ एमएम रहेको छ । यसमा २४५० एमएमको ह्वीलवेस र १७२ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । १२३५ केजी वजन रहेको सो इलेक्ट्रिक कारमा ३१६ लिटरको बुट स्पेस पाउन सकिन्छ ।   


नयाँ टाटा टिगोर ईभीमा अगाडि प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल, एलइडी टेलल्याम्प, ड्यूल एयरव्याग, इबीडीको साथ एबीएस, रियरभ्यू क्यामेरा, रियर पार्किङ सेन्सर जस्ता फिचर दिइएको छ । त्यसैगरी यसमा दुवै पांग्रामा डिस्क ब्रेक, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्क असिस्ट, हिल एक्सेन्ट असिस्ट, हिल डिसेन्ट असिस्ट, ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्पिड अलर्ट सिस्टम सहितका धेरै फिचर्सहरु उपलब्ध छन् । त्यसैगरी यसमा आकर्ष ह्विल र फोल्डेबल रियर भ्यू मिरर दिइएको छ । 


टिगोर ईभीमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, एडजस्ट गर्न मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू दिइएको छ । सुरक्षाका लागि सो कारमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डर जस्ता अन्य धेरै सुबिधा दिइएको छ । यसमा स्मार्ट की पुस–बटन स्टार्ट र पोर्टेबल चार्जिङ केबल पनि उपलब्ध गराइएको छ ।   


टाटा टिगोर इभी डेटोन ग्रे र टिल ब्लू गरी दुई कलर अप्सनमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसैगरी यसको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल-टोन कलरमा उपलब्ध छ भने टिगोरको सिट ग्रेनाइट कालो कलरमा छ । भारतमा टाटा मोटर्सले यसको सबैभन्दा माथिल्लो भेरिएन्टको मूल्य भने १३ लाख १४ हजार भारु तोकिएको छ भने यसको मुल्य नेपाली बजारमा भने अझै तोकिएको छैन । कम्पनीले यसको ब्याट्री र इलेक्ट्रिक मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध गराउने जनाएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInReddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




Our latest comments