पछिल्लो समय नेपालमा इलेक्ट्रीक स्कुटर चढ्नेहरुको संख्या बढ्दो छ। काठमाडौँ लगायत नेपालका विभिन्न ठूला तथा व्यस्त शहरहरुमा स्कुटर दैनिक आवश्यकताको साधन बनिसकेको कारण इलेक्ट्रीक स्कुटर प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ।
कामकाजी व्यक्तिदेखि लिएर व्यवसायीहरुलाईसम्म स्कुटर नभइ नहुने भइसकेको छ। सार्वजनिक यातायातको राम्रो व्यवस्था नहुनु मोटरसाइकल तथा स्कुटरको संख्यामा वृद्धी भएको जानकारहरुको भनाई छ।
दैनिक घर–कार्यलय आउजाउ गर्न हिरोका स्कुटर अब्बल मानिन्छन्। हिरो को स्कुटरको मूल्य पनि साधारण कर्मचारीले खरिद गर्न सक्ने छ।
हिरो मोटर्सले आफ्नो नयाँ स्कुटर फल्यास सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको यो स्कुटर इलेक्ट्रीक स्कुटर हो । यो स्कुटरले एकपटकको चार्जमा ६५ किमी माइलेज दिने कम्पनीले दाबी गरेको छ ।
४८ भोल्ट पावरको ब्याट्री दिइएको यसको ब्याट्री करिब ७ देखि ८ घन्टामा फुलचार्ज हुने छ । यसको सडकमा टप स्पिड २५ किलोमिटर प्रतिघन्टा रहेको छ ।
यस स्कुटरमा दिइएको अलोयह्वील निकै आर्कषक र दमदार रहेको छ । कम्पनीले यसको टप स्पिड २५ किलोमिटर बनाउनुको कारण बाइकको रजिष्ट्रेसन र लाईसेन्स बिना चलाउन सकुन भनेर गरिएको आँकलन गरिएको छ ।
नेपाली बजारमासमेत हिरो इलेक्ट्रीक स्कुटरहरुको बिक्री वितरण हुँदै आइरहेको छ ।
PREVIOUS NEWS